Logo

खेलकुद

‘ए’ डिभिजन लिग : आर्मीमाथि सातदोबाटोकाे जित, एपीएफले थ्रिस्टारसँग बराबरी



काठमाडाैं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लव पाँचौं स्थानमा उक्लेको छ । त्यस्तै एपीएफ र थ्रिस्टार क्लवले एक एक गोलको बराबरी खेलेको छन् । शनिबार भएको खेलमा विभागिय क्लव त्रिभुवन आर्मी फुटबल क्लवलाई २–१ गोलले पराजित गर्दै पाँचौं स्थानमा उक्लिएको हो । च्यासल रंगशालामा भएको खेलमा सातदोबाटोलाई जित दिलाउन शिव सुवेदी र दिपक राज सिंहले एक एक गोल गर्दा आर्मीका लागि नवयुग श्रेष्ठले एक गोल फर्काएका थिए ।

खेलको दोस्रो मिनेटमा नै सातदोबाटोले खेलमा अग्रता लिएको थियो । सातदोबाटोका लागि शिव सुवेदीले गोल गरेका थिए । खेलको २९ औं मिनेटमा आर्मीले गोल गर्दै खेल बराबरीको स्थितिमा पर्याएको थियो । आर्मीका लागि नवयुग श्रेष्ठले गोल गरे । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा सातदोबाटोले एक गोल गर्दै आर्मीसँग तीन अंक खोस्न सफल भयो ।

खेलको ६३ औं मिनेटमा सातदोबाटोका लागि पेनाल्टीमा दिपक सिंह ठकुरीले गोल गर्दै सातदोबाटोल जित दिलाए । यसअघि पहिलो हाफमा पनि आर्मीले पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टीक विषयमा सातदोबाटोले  असहमति जनाउँदै मैदान छाडेको थिए । सात मिनेट खेल अवरुद्ध भएको थियो ।

पछि सहमति भएसँगै आर्मीका नवयुग श्रेष्ठले पेनाल्टी प्रहार गरेका थिए । नवयुगको पेनाल्टी प्रहारलाई सातदोबाटोको गोलरक्षक अविशेक बरालले बचाएका थिए । जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोड्दै पाँचौं स्थानमा उक्लेको छ भने पराजित भएको आर्मीको समान खेलबाट ३० अंक रहेका छ ।त्यस्तै आज भएको अर्को खेलमा थ्रिस्टार क्लव र एपीएफ फुटबल क्लव एक एक गोलको बराबरीमा रोकिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा थ्रिस्टारका लागि सुनिल तामाङले गोल गर्दा एपीएफका मणि कुमार लामाले गोल गरेका थिए । खेलको २३ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । एपीएफले एक गोलको अग्रतालाई  खेलको अन्तिम पाँच मिनेट कायम गर्न नसक्दा दुई अंक गुमायो । खेलको ८६ औं मिनेटमा थ्रिस्टारका सुनिल तामाङले गोल गर्दै एपीएफसँग अंक खोस्न सफल भयो । बराबरीसँगै एपीएफ २४ खेलबाट ३० अंक जोड्दै सातौं स्थानम रहेको छ भने थ्रिस्टा समान खेलबाट २८ अंक सहित ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : ५८ बजे