Logo

समाचार

पछिल्लाे चाैबीस घण्टामा थप चारजनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लाे चाैबीस घण्टामा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४५ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा चारजनाको नतिजा पोजिटिभ आएको हो । १३५ नमुनाको पीसीआर परीक्षण गर्दा एक र ८१० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।  

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ४ : ५२ बजे