Logo

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँण, टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको बयान जारी


१९ जेष्ठ २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान जारी छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणसहित शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको पनि बयान भइरहेको छ ।

२५ नं इजलासमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेसमक्ष तीनै जनाले बयान दिन सुरु गरेका छन् ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएकोमा १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना फरार छन् ।

पक्राउ परेकामध्ये खाण, रिजाल र महर्जनसँगमात्र बयान लिन बाँकी छ । अन्य १५ प्रतिवादीसँग बयान लिइसकिएको छ । अदालत स्रोतका अनुसार उनीहरुको आजै बयान सकिने छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १२ : १४ बजे