Logo

अर्थ

कति पुग्याे तरकारी तथा फलफूलकाे मूल्य



काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य २५, मटरकोशा प्रतिकेजी मूल्य १८०, कुरीलो प्रतिकेजी १५०, काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कागती १५० रुपैयाँ, चमसूरको साग रू ९०, डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , न्यूरो ७०रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो १००,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३२० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,ताजा माछा (रहु) ३३०, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।


प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ९ : १७ बजे