Logo

मुख्य समाचार

आजको मौसम : यी प्रदेशकाे पहाडी भु-भागमा पानी पर्ने, मधेस र लुम्बिनीमा हावाहुरी चल्ने



काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। साथै देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा भैरहेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राती भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहनुका साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ६ : २९ बजे