Logo

मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : ४ जनाको वयान लिइयो



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत पक्राउ परेकामध्ये बुधबार ४ जनाको बयान लिइएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरू नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरीको बयान लिइएको हो ।

यसअघि ८ जनाको वयान भइसकेको छ । जेठ १२ गतेदेखि जिल्ला अदालत काठमाडौंमा जारी वयान अब ५ जनाको लिन बाँकी छ । प्रकरणमा १७ जना प्रकाउ पर्दा १३ जना प्रहरीको फरार सूचीमा रहेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ८ : ३० बजे