काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिरकण गरेका छन् । संघीय संसदले पारित गरेर प्रमाणिकरणका लागि पठाएको ९ महिनापछि राष्ट्रपति पौडेलले विधेयक प्रमाणिकरण गरेका हुन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
विधेयक प्रमाणिकरण भएसँगै २०७२ साल असाजे २ गतेअघि नेपालमै बसोबास गरिरहेका आधारमा नागरिकता लिएका सन्ततीहरुलाई बंशजको नागरिकता लिने बाटो खुलेको छ । त्यस्ता नागरिक ५ लाखभन्दा बढि रहेको सरकारी तथ्याङ्क छ ।
प्रतिक्रिया