Logo

Breaking News 1

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण तालिका



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि पहिलोपटक बुधबार भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।

बुधबार दिउँसो १ बजे नेपाल वायुसेवाको जहाजमार्फत नयाँ दिल्ली जान लागेका दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय राज्यमन्त्री लगायतले स्वागत गर्ने तयारी छ ।

विमानस्थलबाट प्रधानमन्त्री प्रचण्ड सिधै भ्रमण दल बस्ने तय गरिएको होटल आइटीसी मौर्य पुग्नेछन् । बुधबारै प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्ने तय भएको छ ।

बुधबारै भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पनि सोही होटलमै प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नेछन् । त्यसपछि बुधबार साँझ दिल्लीस्थित नेपाली राजदूतवासमा पुगेर भारतमा रहेका प्रवासी नेपालीहरूलाई सम्बोधन गर्नेछन् ।

भ्रमणको दोस्रो दिन बिहिबार भने प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । मोदीसँग बिहीबार दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्डले विहान ११ बजे दुई पक्षीय भेटवार्ता गर्दैछन् ।

त्यसअघि प्रधानमन्त्री प्रचण्ड बिहिबार बिहानै महात्मा गान्धीको समाधीस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । बिहीबार नै प्रधानमन्त्री दहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

भ्रमणको तेस्रो दिन शुक्रबार भने प्रधानमन्त्री दाहाल भारतको मध्यप्रदेशको उज्जैनमा महाकालेश्वर मन्दिरको दर्शन र इन्दोर शहरको भ्रमणमा जाने तय भएको छ । शुक्रबार इन्दोरमै बसेर शनिबार दिल्ली फर्केपछि विमानस्थलबाटै प्रधानमन्त्री दाहाल काठमाडौँ फर्केनेछन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ९ : ०० बजे