Logo

मुख्य समाचार

कैलालीमा मिटर ब्याजीविरुद्ध २४४ उजुरी दर्ता



धनगढी । कैलालीमा मिटरब्याजी (अनुचित लेनदेन)विरुद्ध दुई सय ४४ उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि दुई सय ४४ मिटरब्याजीपीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।

उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्ने माथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरे पछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि त्यस विरुद्ध पीडितले प्रशासनमा उजुरी दर्ता गएका हुन् । सरकारले अध्यादेशमार्फत अनुचित लेनदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ६ : १९ बजे