काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आह्वान भएको छ ।
मंगलबार बिहान ८ बजेका लागि समितिको बैठक बोलाइएको हो । बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्ष समेत उपस्थित हुने र दुबैले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।
समितिले काम शुरु गरेसँगै अब सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको सुनुवाईको प्रक्रिया समेत शुरु हुनेछ ।
प्रतिक्रिया