Logo

मुख्य समाचार

‘सांसद विकास कोष’ ब्यूँताइयो, सांसदलाई ५ करोड दिइने



काठमाडौं । सरकारले सांसद् विकास कोष (संसदीय विकास पूर्वाधार कार्यक्रम) ब्युँताएको छ । संघीय सांसदमार्फत् खर्च हुने उक्त कोषको रकम सदुपयोग हुन नसकेको निष्कर्ष निकाल्दै यसअघि हटाइएको थियो।

सांसदहरुको दबाबमा सरकारले पुनः उक्त कार्यक्रम ब्यूँताएको हो । जसका लागि प्रति निर्वाचन क्षेत्र ५ करोड विनियोजन गरिएको छ । न्यूनतम १ करोड विनियोजन हुनेगरी कार्यक्रम छनोट गर्नेगरी कोष व्युताइएको हो ।

जसका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताएका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ७ : १७ बजे