Logo

सुदूरपश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेश सरकार विस्तार हुन सकेन



काठमाडौँ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।

नागरिक उन्मुक्तिले भोलि १० बजेसम्मको समय मागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आजै बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका थिए ।

प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री शाहको नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयबाहेक अन्य मन्त्रालय नेतृत्वविहीन छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ९ : ११ बजे