Logo

मुख्य समाचार

प्रश्नको जवाफ दिएर मात्रै पुग्दैन– ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीले प्रश्नको उत्तर दिएर मात्रै नपुग्ने बताएका छन् ।

संसद भवनमा अनुपस्थित रहेका ओलीले सामाजिक सञ्जालमा लेख्दै देशको भविष्यलाई प्रभावित प्रश्नको उत्तर मात्र दिएर नपुग्ने भन्दै जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्ने बताएका हुन् ।

‘प्रश्नहरु दुई किसिमका हुन्छन् । एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ । देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनु पर्छ’, अध्यक्ष ओलीले लेखेका छन्, ‘सांसद्हरुले संसदमा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस् ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएका थिए । संसदमा अनुपस्थित रहेका अध्यक्ष ओलीले स्वास्थ्य अवस्थामा आएको खराबीका कारण आफू प्रतिनिधिसभाको बैठकमा आउन नसकेको जानकारी गराएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  १० : ०६ बजे