Logo

मधेश प्रदेश

एमालेद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं । मधेश प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ । सरकारबाट हटेको झण्डै डेढ महिनापछि एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो ।

एमालेले सोमबार साँझ प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो । गत वर्षको पुसको २७ गते एमाले लगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता सरोजकुमार मुख्यमन्त्री बनेका थिए ।

तर केन्द्रमा समिकरण फेरिएपछि गत चैत २२ गते एमालेका तर्फबाट मधेश सरकार सहभागी चार मन्त्रीले राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १० : २० बजे