Logo

धर्म / संस्कृति

कस्ताे छ आजको राशीफल ?


१ जेष्ठ २०८०, सोमबार  

69
Shares

काठमाडाैं । आज मिति २०८० साल जेठ महिनाको १ गते साेमबार, ज्येष्ठ कृष्णपक्ष एकादशी तिथि। पूर्वभाद्रपदा नक्षत्र, १०ः१० बजेपछि उत्तरभाद्रपदा । चन्द्रराशि– मीन।
यस्तो छ आजको राशीफल
मेष
घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला।

बृष
पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ।

मिथुन
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि सामान्य फाइदै हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ।

कर्कट
परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।

सिंह
अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्नेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्च बढ्नेछ, अर्थअभाव हुन नदिन समयमा सजग रहनुहाेला।

कन्या
काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ।

तुला
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

वृश्चिक
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। अध्ययनमा समय दिन नसकिएला। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ।

धनु
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।

मकर
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।

कुम्भ
बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउन सक्छन्। आयस्रोत कमजोर रहने समय छ। प्रयत्न गर्दा पछिका लागि काम बन्न सक्छ। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला।

मीन
माहाेल रमाइलाे रहनेछ। तर आजकाे समय–परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। लामाे समय आगन्तुकले अलमल्याउनेछन्। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा दुःख पाइनेछ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : १६ बजे