काठमाडौं । दक्षिण भारतको कर्नाटक राज्यमा गत साता भएको विधानसभा निर्वाचनमा विपक्षी कांग्रेस पार्टीले शानदार बहुमत ल्याएको छ ।
कुल २२४ सीट भएको विधानसभामा कांग्रेसले १३५ सीटका साथ स्पष्ट बहुमत हासिल गरेको हो । अघिल्लो चुनावको तुलनामा कांग्रेसले ५५ सीट बढिमा जीत हासिल गरिसकेको छ ।
सत्तारूढ दल भारतीय जनता पार्टी चाहिँ सीट संख्या घटाएर ६६ मा सीमित भएको छ । अघिल्लो चुनावको तुलनामा उसले ३८ सीट गुमाएको हो ।
अनि कर्नाटकको क्षेत्रीय पार्टीका रूपमा रहेको जनता दल सेक्युलर (जेडीएस) ले जम्मा १९ सीट जितेको छ । अघिल्लो चुनावको तुलनामा उसले १८ सीटको क्षति बेहोरेको छ ।
प्रतिक्रिया