Logo

स्वास्थ्य

डडेलधुरामा पखालाका कारण एकजनाको मृत्यु



काठमाडौं । डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको पखालाले एक व्यक्तिको मृत्यु भएको छ।

पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ।

उक्त गाउँका थप एक सय ४८ जना पखालाबाट प्रभावित भएका छन्। स्वास्थ्य निर्देशनालय दिपायलले १० महिनादेखि ९० वर्ष उमेरसम्मका बासिन्दा यो रोगले प्रभावित भएको जनाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १० : ०५ बजे