Logo

प्रविधि

विश्वमा सबैभन्दा धेरै एन्ड्रोइड ट्याब्लेट उत्पादन गर्ने कम्पनी बन्याे सामसङ



काठमाडाैं । सामसङ विश्वमा सबैभन्दा धेरै ट्याब्लेट उत्पादन गर्ने कम्पनी बनेको छ । पछिल्लो समयमा विश्वबजारमा, मोबाइल, ट्याब्लेट लगायतका सामग्रीको माग घट्ने क्रममा छ । यद्यपि बजारमा बिक्री घटे पनि एन्ड्रोइडमा आधारित ट्याब्लेट निर्माणमा सामसङ विश्वको ठूलो कम्पनी बन्न सफल भएको छ ।

रिपोर्टका अनुसार विश्वमा सबैभन्दा ठूलो ट्याब्लेट निर्माता कम्पनी एप्पल रहेको छ भने दोस्रो स्थानमा सामसङ छ । तर एन्ड्रोइड ट्याब्लेट उत्पादन तथा बिक्रीको हकमा भने सामसङ पहिलो बनेको हो ।

२०२३ को पहिलो त्रैमासिकमा सामसङले ७१ लाख ट्याब्लेट उत्पादन गरेर बिक्री गरेको छ । त्यस्तै एन्ड्रोइड तर्फ नै ह्वावेले २० लाख ट्याब्लेट उत्पादन गरेको छ भने लेनोभोले १९ लाख ट्याब्लेट  बजारमा पठाएको छ । सो अवधिमा अमेजनले १४ लाख ट्याब्लेट बिक्री गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ११ : २३ बजे