काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि अदालतले चार दिन थुनामा राख्न अनुमति दिएको छ ।
बुधबार बिहान पक्राउ परेका खाणमाथि थप अनुसन्धानका लागि अनुमति लिन प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालत लगेको थियो ।
प्रहरीले खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि बुधबार पक्राउ गरेको थियो । प्रहरीले खाणविरुद्ध ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान अगाडि बढाइने जनाएको छ।
प्रतिक्रिया