काठमाडौं । प्रभु बैंकले १९ लाख ६९ हजार ८०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले छुट्टाछुट्टै सूचना जारी गरेर संस्थापक सेयरधनी र सर्वसाधारणलाई सेयर बिक्रीमा ल्याएको हो ।
बैंकको ४ लाख ९१ हजार ९८७ कित्ता संस्थापक सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् भने १४ लाख ८७ हजार ८२२ कित्ता संस्थापक सेयरमा सेयरधनीले मात्र आवेदन दिन पाउने छन् ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बैशाख २७ गतेदेखि १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।
यस्तै बैंकले १४ लाख ७७ हजार ८२२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छैनन् ।
प्रतिक्रिया