Logo

मुख्य समाचार

टोपबहादुर उपस्थित नभएपनि २२ दिनपछि निलम्बनमा पर्ने



काठमाडौँ । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी अब २२ दिन भित्र प्रहरीसामु उपस्थित नभए सांसद पदबाट स्वतः निलम्बनमा पर्ने भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका रायमाझीविरुद्ध प्रहरीले बैशाख २० पक्राउ पूर्जी जारी गरेको थियो ।

संगठित अपराध निवारण ऐन, २०७० को व्यवस्थाअनुसार पक्राउ पूर्जी जारी भएको ३० दिनभित्र पक्राउ नपरे वा सदनमा उपस्थित नभए रायमाझी स्वतः सांसद पदबाट निलम्बनमा पर्नेछन् ।

प्रहरीले भुटानी शरणार्थी प्रकरणलाई शुरुमा मानवतस्करीबारे अनुसन्धान शुरु गरेको भएपनि पछि भने संगठित अपराधअन्तर्गत अनुसन्धान गरिरहेको छ । संगठित अपराधमा अनुसन्धानका लागि थुनामा राख्न पाउने समय ६० दिन हुन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : २५ बजे