Logo

मुख्य समाचार

श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध



काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि उक्त जहाज सञ्चालनमा रोक लगाएको हो । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि सोमबार बीच बाटोबाटै भैरहवा फर्किएको थियो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दूरीमा पुग्दा जहाजमा प्राविधिक समस्या देखिएपछि पुनःसोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्ग मै जहाज अड्किएकोमा जहाज मर्मतपछि धावनमार्गबाट निकालिएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ८ : २७ बजे