Logo

गण्डकी प्रदेश

राहदानी विभागका नासु अनुप भण्डारी मृत फेला



पोखरा । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा कार्यरत नासु ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेका छन् । सोमबार बिहान पोखराको बेगनास तालमा उनी मृत फेला परेका हुन् ।

विराटनगर राजवंशी चोकका भण्डारी डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  २ : २२ बजे