काठमाडौं । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप ७ दिन हिरासतमा राख्न आइतबार प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले सचिव पाण्डेसहित अन्यलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पाण्डेलाई प्रहरीले यही वैशाख २० गते पेप्सीकोलाबाट पक्राउ गरेको थियो।
उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया