काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने बताएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कांग्रेसको निष्कर्ष छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्तामहले भने,‘ ‘यो जघन्य अपराधनको विषय हो । दोषी कोही पनि उम्किन पाउँदैन ।’
प्रतिक्रिया