Logo

मुख्य समाचार

विश्व स्वास्थ्य संगठनद्वारा कोभिड विश्वव्यापी स्वास्थ्य आपतकाल समाप्त भएको घोषणा


२२ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी अब विश्वव्यापी आपतकाल नरहेको घोषणा गरेको छ । सन् २०२० मा कोराना भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्पायी आपतकालको घोषणा गरेका थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण सन् २०२१ को जनवरीमा उच्च तहमा प्रतिहप्ता एक लाखभन्दा बढीको मृत्यु भएको थियो । यसै अप्रिल २४ मा ३ हजार ५ सयमा झरेको रेकर्ड छ ।

कोरोना कारण कम्तीमा ७० लाख मानिसको ज्यान गएको आधिकारिक तथ्याङ्क रहेको भएपनि झन्डै तीन गुणा बढी (करिब २ करोड)को मृत्यु भएको हुनसक्ने संगठनको अनुमान छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ९ : ४१ बजे