Logo

मुख्य समाचार

सत्तारुढ गठबन्धनमा बजेटबारे छलफल शुरु



काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटमाथि छलफल शुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल भएको हो ।

छलफलमा बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आत्रारपत्र तयार गर्ने निर्णय भएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भएपनि त्यसको जिम्मा भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : ४६ बजे