काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बस्ने भएको छ ।
भोलि दिउँसो ५ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रम निर्माणलगायत विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि सत्तारुढ दलको बैठकमा आगामी बजेटका बारेमा गम्भिर छलफल भएको थियो ।
प्रतिक्रिया