काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा खुम्चिने छ ।
अघिल्ला वर्षाहरूमा आधारभूत मूल्यमा भन्दा उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर बढी हुँदै आएको थियो । तर यो वर्ष राजस्व संकलनमा धेरै कमी आएकाले आधारभूत मूल्यमा भन्दा उपभोक्ता मूल्यको आर्थिक वृद्धिदर कम देखिएको हो ।
कार्यालयका अनुसार नेपालको अर्थतन्त्रको आकार चालू आर्थिक वर्षमा ५३ खर्ब ८१ अर्ब पुग्नेछ ।
प्रतिक्रिया