Logo

मुख्य समाचार

यातायातका उपसचिवविरुद्ध एक करोड बढिको भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका तत्कालिन उपसचिवविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालिन उपसचिव सुन्दर भट्टराईविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भट्टराईले सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मसान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार रुपैयाँको स्रोत नखुलेको आयोगको दाबी छ ।

उनको वैध आम्दानी १ करोड ९२ लाख तर खर्च ३ करोड ७ लाख बराबर देखिएको भन्दै अख्तियारले भट्टराईविरुद्ध १ करोड १५ लाख बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : ४१ बजे