Logo

मुख्य समाचार

धादिङमा भासिएको पुल अझै बनेन, १२ बजेसम्ममा एकतर्फी भए पनि चलाइने



धादिङ । धादिङको गणेशखोलाको पुल अझै मर्मत सम्पन्न हुन सकेको छैन । हिजो देखी भासिएको पुल मर्मत हुन नसके पछि १८ घन्टा देखी सो पुल अबरूद्ध हुन पुगेको छ ।

अपरान्ह १२ बजे भन्दा अगाडी कम्तिमा एकतर्फी भए पनि वाटो खुलाउन सकिने गरी अहिले पनि काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए ।

‘१२ बजेसम्म कम्तिमा एकतर्फी भए पनि खुलाउने गरी पुलको मर्मत भइरहेको छ’ उनले भने ।  १८ घन्टादेखि राजमार्ग अवरूद्ध हुँदा हजारौं सवारी साधान हिजो देखी अलपत्र अवस्थामा रहन पुगेका छन ।

यद्धपी, गल्छी–नुवाकोट काठमाडौं र हेटौडा हुदैँ बाहिरिनका लागि त्रिभुवन राजमार्ग गरी दुईवटा बैकल्पिक बाटोवाट सवारी साधानलाई काठमाडौं भित्राउने र काठमाडौं बाहिरवाट अन्यत्र पठाउने कार्य भने जारी छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : १४ बजे