Logo

मुख्य समाचार

देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले उल्लेख गरेकाे छ । विभागले देशै भरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा मधेश प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको जनाएकाे छ र

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ६ : १६ बजे