काठमाडौं । काठमाडौं कपनको सरस्वतीनगरमा भाँडा पसल चलाउने निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
एआइजी किरण बज्राचार्यको नेतृत्वमा गठन भएको छानबिन समितिले झापाबाट एकजनालाई पक्राउ गरेको बताइएको छ । बैशाख ७ गते आफ्नै पसलमा बसिरहेकी आचार्यलाई छुरा प्रहार गरेर हत्या भएको थियो ।
निराको शरीरमा कम्तिमा १९ पटक छुरा प्रहार गरिएको थियो । हत्या भएको १० दिन बित्दा समेत हत्यामा संलग्न पक्राउ पर्न नसकेको भन्दै शनिबार मात्रै माइतीघरमा प्रदर्शन भएको थियो ।
प्रतिक्रिया