Logo

मुख्य समाचार

रास्वपा संसदीय दलका नेता अर्यालले दिए राजीनामा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलको नेता डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । उनले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् ।

तत्कालीन संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेको सर्वोच्च अदालतले पद खारेज गरेसँगै अर्याल संसदीय दलको नेता बनेका थिए ।

गत १० गते भएको उपनिर्वाचनमा रवि लामिछाने पुनः निर्वाचित भएसँगै अर्यालले दलको नेताबाट राजीनामा दिएका हुन् । उनले आगामी दिनमा लामिछाने नै दलको नेता हुने समेत जनाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १० : १२ बजे