Logo

मुख्य समाचार

वीरगञ्जमा जथाभावी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा



काठमाडाैं ।  वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाईसँगै जथाभावी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको हाे ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ११ : ५० बजे