Logo

मुख्य समाचार

चार सांसदको विदा स्वीकृत हुँदा एमालेका कोइरीको विदा अस्वीकृत


१५ बैशाख २०८०, शुक्रबार  

23
Shares

काठमाडौं प्रतिनिधिसभाका सांसदहरु मनोरमा शेरचन, बीनाकुमारी थनेत, डा. चन्द्र भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत भएको छ । शुक्रबार राति बसेको प्रतिनिधिसभा दोस्रो बैठकले चार सांसदको विदा स्वीकृत गरेको हो ।

सभाले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीको विदा भने स्वीकृत गरेन । उनको बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुनेगरी सभामुख र दलका प्रमुख सचेतकहरुका बिचमा सहमति जुटेको हो ।

त्यसअघि कोइरीको विदा समेत स्वीकत गर्न सभामुखले निरन्तर आग्रह गरेको भएपनि एमालेबाहेकका दलहरुले अस्वीकार गरेपछि संसद बैठक नै प्रभावित बनेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १० : ३४ बजे