काठमाडौं । प्रदेशको नाम ‘कोशी’ राखेको विरुद्धमा आन्दोलन गरिरहेको समुहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पाँचथरको फिदिममा मसाल जुलुस निकालेको छ ।
फिदिमस्थित चुम्लुङ हिमबाट निस्केको मसाल जुलुस शिवालय, लोकतन्त्र चोक र भानु मार्ग हुँदै गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै आन्दोलनकारीहरुले सांसदलाई भेडाबाख्रा सरह थुनेर जबरजस्त ‘कोशी’ पक्षमा मतदान गराएको आरोप लगाएका छन् ।
प्रतिक्रिया