Logo

मुख्य समाचार

गृहमन्त्री श्रेष्ठमाथि खनिए मेयर बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेनले सरकारले अवैध संरचना हटाउन नदिएको आरोप लगाएका छन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाग्मती किनारमा अवैध तरिकाले बनाइएका संरचना हटाउन नदिएर संरक्षण गरेको आरोप लगाएका हुन् ।

काठमाडौंमा बनेका अवैध संरचना हटाउन नदिई संरक्षण गरेको आरोप लगाउँदै कानुनी राज्यको अनुभूति दिलाउन नसकिने समेत बनेका छन् । गृहमन्त्री श्रेष्ठललाई प्रश्न गर्दै उनले भनेका छन्,‘अदालतले पटक पटक फैसला गर्दा समेत कुन कानुन र नैतिकताका आधारमा अवैध संरचना संरक्षण गरेको ?’

बालेनले सरकासँग बस्ती र संरचना हटाउन उनले सहयोग माग गदै आएका थिए । तर यस बारेमा गृहमन्त्रालयले पर्खिन बालेनलाई आग्रह गदै आएको थियो । मन्त्रालयको यस्तो आग्रहमा बालेनले आक्रोश पोखेका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ९ : ५२ बजे