Logo

मुख्य समाचार

चितवन २ मा लामिछानेको जीत निश्चित



काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने ३३ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।

लामिछाने नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठभन्दा ३३ हजार ८ सय ९ मत अन्तरले अगाडि छन् ।

पछिल्लो मत गणनाको परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले ४१ हजार ५ सय ४ मत र श्रेष्ठले ७ हजार ६ सय ९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : २७ बजे