काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकोमा धन्यवाद दिएका छन् ।
मतदानमा भएको उत्साहपुर्ण सहभागिताले लोकतन्त्रप्रतिको आस्था अभिव्यक्त भएको भदै सभापति देउवाले धाँधलीरहित चुनाव सम्पन्न गराएकोमा निर्वाचन आयोग र सरकारलाई समेत धन्यवाद दिएका छन ।
उनले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘उपनिर्वाचन भएका तीन वटै क्षेत्रहरुमा शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
निर्वाचन सफल गराउन खटिएका कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिएका सभापति देउवाले निर्वाचनमा सहभागी राजनीतिक दल र पर्यवेक्षकहरुलाई समेत धन्यवाद दिएका छन् ।
प्रतिक्रिया