काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष पुरा भएको छ । आज नेकपा एमालेसहितका दलहरुले ७५ औं स्थापना दिवस समेत मनाउँदैछन् ।
विक्रम सम्बत् २००६ साल बैशाख १० गते पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेकपाको स्थापना कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो ।
भारतको कलकत्तामा रहेका पुष्पलालले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिइ २३ चैत २००५ मा ‘कम्युनिष्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए । र पछि उनले नै नेपाल कम्युनिष्ट पार्टी गठन गरेका थिए ।
नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए । महासचिव पुष्पलाल आफैँ थिए ।
तर पार्टी स्थापनाको ७४ वर्षसम्म कम्युनिष्ट पार्टीभित्रको विवाद भने निरन्तर देखिइरहने गरेको छ । तर ७४ वर्षको इतिहासमा कम्युनिष्ट पार्टी विभाजन भएर टुक्रा टुक्रा भइसकेका छन् ।
कलकत्तामा २००८ असोजमा भएको पहिलो सम्मेलनले पुष्पलाललाई पुनः महासचिव छानेको भएपनि त्यसको केही समयपछि २००८ सालमा नै मनमोहन अधिकारीले पुष्पलाललाई हटाइ आफैँ महासचिव भएका थिए ।
त्यसपछि तत्कालिन महासचिव केशरजंग रायमाझी राजावादी भएको भन्दै पार्टीबाट निश्कासन गर्ने निर्णयले स्थापनाको १३ वर्षमै नेकपा विभाजनको भूमरीमा फस्यो । अहिले नेपालमा सबैभन्दा धेरै दल भनेकै कम्युनिष्ट पार्टी रहेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलहरु राजनीतिको मुख्य भागमा रहेको भएपनि विभिन्न नाममा कम्युनिष्ट पार्टीहरु चलिरहेका छन् ।
प्रतिक्रिया