काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन् ।
लोकतान्त्रिक–वाम गठबन्धनले चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गरे ।
चितवन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले आफूले यस क्षेत्रको समस्या नजिकबाट पहिचान गरेकाले समस्या समाधान गर्न पनि जिम्मेवारी दिन आग्रह गरे ।
प्रतिक्रिया