Logo

कोशी

करिब ५ किलो अवैध सुनसहित दुईजना पक्राउ



काठमाडौं । बाँकेको नेपालगञ्जस्थित न्युरोडबाट पक्राउ गरिएको करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुईजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले पत्रकार सम्मेलन गर्दै चार दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित पक्राउ परेका दुईलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय रमेश सोनी र ३६ वर्षीय प्रकाश ठाकुर रहेका छन् ।

पक्राउ परेकाहरूका साथबाट सुनका सिक्री, चुरा, झुम्का, हार, ब्रासलेट, मङ्गलसूत्र, बाला, ढुङ्ग्री, औँठीलगायत गहना प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ९ : ५७ बजे