काठमाडौं । सरकारले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गरेको छ ।
उद्योग विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो ।
विभागले विदेशी लगानी प्रक्रिया सरल र सहज बनाउन प्रचलित कानुन बमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृतका सेवा स्वचालित बनाउने व्यवस्था गरेको हो ।
प्रतिक्रिया