काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले उजुरी दर्ता गराएको छ ।
प्रधानमन्त्री दाहाललाई कारबाही गर्न माग गर्दै रास्वपाले तनहुँ–१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको हो ।
बहालवाला प्रधानमन्त्रीले मतदाता प्रभावित पार्ने प्रयास गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ उपसंयोजक सूर्यमणि पौडेलले उजुरी दर्ता गराएका हुन् ।
प्रधानमन्त्री दाहालले बुधबार भएको गठबन्धनको चुनावी सभामा आफ्ना उम्मेदवार गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बनाउने आश्वासन दिएका थिए ।
प्रतिक्रिया