Logo

मुख्य समाचार

जग्गाको कित्ताकाट शुरु गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले रोकिएको जग्गा कित्ताकाट खुला गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको र नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला हुने बताइन् ।

उनले भूउपयोग नियमावली नबनेकाले घर जग्गा कारोबारमा कित्ताकाट तथा अंश बण्डा रोकिएको भन्दै त्यसलाई सहज बनाउन मन्त्रिपरिषद्ले भूउपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १० : ३३ बजे