Logo

मुख्य समाचार

मन्त्री हुनासाथ परराष्ट्रमन्त्रीले भेटे भारतीय राजदुत



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री साउदले नेपाल–भारतबीच सदियौँदेखि सौहार्द्रपूर्ण मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै आगामी दिन थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १० : १३ बजे