Logo

Breaking News 1

सपथ लिएपछि परराष्ट्रमन्त्री साउदले भने– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी शुरु गर्छु



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार शीतल निवासमा साउदले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार नै उनलाई मन्त्रीमा नियुक्त गरेपछि राष्ट्रपति पौडेलबाट शपथ लिएका हुन् ।

कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित साउद पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । सपथ लिएसँगै उनले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थाल्ने बताएका छन् ।

आफ्नो भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री दाहालले साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको किचलोका कारण अझै ५ मन्त्रालय भने मन्त्रीविहिन छन् । आइतबारै नेकपा एकीकृत समाजवादीकी सांसद नन्दा चपाईले समेत भौतिक पूर्वाधार राज्यमन्त्रीको सपथ लिएकी छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ५ : ५२ बजे