काठमाडौं । आईपीएल अन्तर्गत आज भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले विराट कोहलीको अर्धशतकको मद्दतले ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । कप्तान फाफ डु प्लेसीले २२, महिपाल लोमररले २६, ग्लेन म्याक्सवेलले २४ र शाहबाज अहमदले २० रनको योगदान दिए ।
जवाफी व्याटिङ गरेको दिल्ली क्यापिटल्सको टोलीले खराब सुरुवात गर्दै ९ विकेट गुमाएर १५१ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि कप्तान डेविड वार्नरले १९ रन बनाएर आउट हुँदा पृथ्वी शा र मिचेल मार्सले खाता खोल्न सकेनन् । यश धुलले मात्र १ रन बनाए ।
आईपीएलको जारी सिजनमा दिल्ली क्यापिटल्सको यो लगातार पाँचौँ हार हो । अङ्क तालिकामा दिल्ली १० औँ अर्थात् अन्तिम स्थानमा छन् । अर्कोतर्फ बैंग्लोरको टोलीले यो जितपछि अङ्क तालिकामा एक स्थान सुधार गर्दै सातौँ स्थानमा पुगेको छ ।
प्रतिक्रिया