काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनको आमामाथि गोली प्रहार भएको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।
प्रहरी सहायक हवल्दार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
अनन्तकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
प्रतिक्रिया